फागुन ३ काठमाडौँ । विश्वकप लिग २ अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले खराब सुरुआत गरेको छ।

त्रिवि क्रिकेट मौदनामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३ रनमै ३ विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए। नामिबियाका रुबेन ट्रम्पलम्यानले पहिलो बलमै भुर्तेललाई जोहानेस जोनाथन स्मिटको हातबाट क्याच गराए।

त्यसपछि क्रिजमा आएका अनिल शाहले ओपनर आशिफ शेखसँग मिलेर राम्रो साझेदारी भने गर्न सकेनन्। अनिल ६ बलमा २ चौकासहित ब्यक्तिगत ८ रनमा एलबी डब्यु आउट भए। यतिबेला नेपालको स्कोर २।१ ओभरमा १२ रन रहेको थियो। अनिललाई पनि रुबेनले आउट गराएका हुन्।

यस्तै अर्को ओपनर आशिफ शेख ११ बलमा ४ रन बनाउँदै ३.५ ओभरमा ज्याक ब्रासेलले आउट गराए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर