सिरहा :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले ब्यवस्था गरे अनुसारकाे अधिकारकाे बाँडफाँड गर्नुपर्ने बताएका छन् ।   मधेस प्रदेशका लागि राज्यका हरेक ठाउमा महत्त्व दिएर नीति निर्माण गर्नुपर्ने भन्दै मधेसका जनताले उठाएका जायज मुद्दाहरुकाे उचित सम्बाेधन कांग्रेसले मात्रै गर्ने बताए ।

नेपाली कांग्रेस सिरहाले आज समुदायमा कांग्रेस अभियान अन्तर गरत गत आयाेजना गरेरकाे कार्यक्रममा सहभागी हुने क्रममा नेता सिंहले उक्त कुरा बताए ।  भ्रस्टाचारले हरेक क्षेत्रलाई तहसनहस बनाएकाे प्रति चिन्ता व्यक्त गरे ।

कांग्रेस यसपटक गाउँ गाउँमा पुगेर जनताका पिर मर्का गुनासाे सुनिरहेकाे भन्दै समुदायमा कांग्रेस अभियानबाट पाएका सुझाव र आलोचना लाई ग्रहण गर्दै पार्टी र मुलुक संचालनमा तिनै सुझाव र आलाेचनालाई आधार मानेर पार्टीले आगामी कदम अगाडि बढाउने भन्दै मुलुकाे नीति निर्माणमा आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि राेजगारि र बिकास निर्माणकाे जनचाहाना अनुरुपकाे नीति अवलम्बन गर्ने बताए । यसपटक काे याे जनताससंँग कांग्रेस अभियानमा मात्रै सिमित नहुने भन्दै पार्टी र मुलुक रुपान्तरणका लागि महत्त्वपूर्ण मार्गदर्शनका रुपमा पार्टीले अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको