काठमाडौं : उद्याेगपति विनाेद चाैधरी पनि पक्राउ पर्ने भएका छन् । प्रहरी स्राेतका अनुसार चाैधरीलाइ पक्राउकाे तयारी भइरहेकाे छ । आजै चाैधरीका भाइ अरूण पक्राउ परिसकेका छन् ।बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । साेही जग्गाकाे विषयमा विनाेदमाथि पनि अनुुुसन्धानका लागि प्रहरीले खाेजी गरिरहेकाे प्रहरी स्राेतले जनाएकाे छ । विनोद चौधरीकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको  प्रहरी स्रोतकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर