काठमाडौं : बनेपा नगरपालिका वडा ९ का अध्यक्ष नृपेश वादे १५ लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे टाेलीले भक्तपुरबाट हिजाे राती घुससहित पक्राउ गरेकाे हाे ।
राजनीति व्यापार हाेइन भन्थे वादे
वडा अध्यक्ष भएलगत्तै वादेले फेसबुकमा लेखका थिए, राजनीति व्यापार हाेइन समाजसेवा हाे ।
-” राजनीति नोकरी होइन न व्यापार नै हो। यो त त्याग र तपस्या को काम हो, सिद्धान्त अनुरुपको काम हो। आफू शक्तिशाली हुन होइन ,परिवारलाई शक्तिशाली बनाउन पनि होइन, नागरिकलाई शक्तिशाली बनाउने कामका लागि हो मेरो राजनीति। नागरिकको आशा,बिश्वास र भरोसालाई नागरिकको निम्ति समर्पित गरेर आगामि हाम्रो कार्यकाल सम्पूर्ण कोणबाट समान ढंगबाट सबै पक्षलाई समेटेर नागरिकको निम्ति समर्पित भएर काम गर्ने क्रममा केही मेरा कमजोरि भए तत्कालै सुधारदै आगामी दिनमा नागरिक समक्ष माफी मागि,गल्ति नदोहोर्याउने कसम खाँदै नयाँ बिश्वासका साथ अघि बढ्ने संकल्प गरे,सदैव नागरिकको हितको निम्ति तपाईंहरु सम्पूर्णको सल्लाह सुझाव लिँदै काम गर्ने प्रतिज्ञा समेत गर्दछु ।




