काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सय भन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र प्यारामेडिक्स पढाउन दिने निर्णय गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेकाे बैठकले चिकित्सा शिक्षा आयाेगमा सातै प्रदेशका सरकारी अस्पतालमा नर्सिङ र प्यामेडिक्स पढाउने प्रस्ताव लैजाने निर्णय गरेकाे हाे ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले पत्रकार सम्मेलन गरेर अब सातै प्रदेश अस्पताल, स्थानीय तह लगायतका १००देखि ३०० बेड भएका अस्पतालमा नर्सिङ र प्यारामेडिक्स पठाउने प्रस्ताव लैजाने निर्णय भएको बताए ।
त्यसैगरी, मन्त्री बस्नेतका अनुसार ३०० भन्दाबढी बेड भएका सबै अस्पतालमा एमबिबिएस , प्यारामेडिक्स र नर्सिङ पढाउन स्वकृति दिने निर्णय मनत्रालयले गरेको आयाेगमा लगिने छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर