काठमाडौं : राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले भूकम्प प्रभाावित क्षेत्रमा पुगेर कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खेलेकाे भूूमिका उपयुक्त र समाधानमुखी र व्यवहारिक भएकाे बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत वाग्लेले थापा र शर्माकाे भूमिकाकाे प्रशंसा गरेका हुन् ।
` कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी पीडितका साथै प्रदेश तथा स्थानीय सरकार, राजनीतिक पार्टी, सुरक्षा निकाय र समाजसेवीहरुसँग संवाद र परामर्श गरी सरकारलाई दिएका सुझावहरू सबैभन्दा उपयुक्त, समाधानमुखी र व्यावहारिक देखिए,´ विश्लेषक वाग्लेले लेखेका छन् । भूकम्प प्रभावित क्षेत्रबाट फर्किएलगत्तै महामन्त्री थापा र शर्माले प्रधानमन्त्रीलाई भेटेरै राहतका लागि स्राेत व्यवस्थापन गर्नेबारे उपाय सुझाएका थिए । साेहीअनुसार सरकारले पीडितलाई राहतकाे व्यवस्था गरेेकाे छ ।
वाग्लेले के लेख्नुभएकाे छ ?
**विपदको घडीमा सरकार र राजनीतिक पार्टीको भूमिका**
कार्तिक १७ गतेको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकार, राजनीतिक पार्टी र नेताहरुका श्रद्धाञ्जली, समवेदना र सुझावका बाढी नै आए।
कतिपय पार्टी र नेताहरूले सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालकेन्द्रित प्रचारवाजी र स्टन्टहरू समेत गरे।
तर कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी पीडितका साथै प्रदेश तथा स्थानीय सरकार, राजनीतिक पार्टी, सुरक्षा निकाय र समाजसेवीहरुसँग संवाद र परामर्श गरी सरकारलाई दिएका सुझावहरू सबैभन्दा उपयुक्त, समाधानमुखी र व्यावहारिक देखिए।
त्यसैले मानवीय विपदको घडीमा राजनीतिक लाभ लिने अभीष्टले सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालकेन्द्रित प्रचारवाजी र स्टन्ट होइन, राजनीतिक पार्टी र नेताहरूले यस्तै उपयुक्त, समाधानमुखी र व्यावहारिक सुझाव दिनुका साथै रचनात्मक र उदाहरणीय भूमिका निर्वाह गर्नु आवश्यक छ।
विशेष गरी ‘संसदीय कोष’ भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाइएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्न तथा अस्थायी आवास निर्माण गर्न प्रति परिवार कम्तिमा नगद ४० हजार तत्काल स्थानीय निकायमार्फत प्रदान गर्न सुझाव दिनुभएको थियो।
उहाँहरूको सुझाव अनुसार नै सरकारले निर्णय गरेछ, जुन सकारात्मक हो।
स्थलगत भ्रमणका क्रममा नै दुइटा अस्थायी आवास निर्माण गरी पीडितलाई हस्तान्तरण गरेर उदाहरणीय र अनुकरणीय भूमिका निर्वाह गर्नु भयो र उहाँहरूले कांग्रेस पार्टीले श्रमदानमार्फत २ हजार अस्थायी आवास निर्माण गर्ने घोषणा गर्नुभयो।
एमालेले पनि अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको छ। कांग्रेस र एमालेले मात्रै होइन, सबै पार्टीहरूले श्रमदानमार्फत अस्थायी आवास निर्माण विशेष अभियान गर्नु अपरिहार्य छ।
A true and visionary leader always leads by example!
अहिले काठमाण्डौको कर्णालीप्रतिको परम्परागत दृष्टिकोण परिवर्तन गर्ने उपयुक्त घडी पनि हो।
उद्धार, उपचार, राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण प्रक्रिया युद्धस्तरमा गरेर काठमाण्डौको कर्णालीप्रतिको परम्परागत दृष्टिकोण परिवर्तन गर्न सरकार र राजनीतिक पार्टीहरु सफल होउन। शुभकामना!



