काठमाडौं : गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले स्वास्थ्य क्षेत्रमा नगरले गरिरहेकाे कामबारे अनर्गल रूपमा भ्रम फैलाईएकाे भन्दै खण्डन गरेकाे छ । स्वास्थ्य क्षेत्रमा राम्राे काम गरेकाे भन्दै प्रदेश सरकारबाट गाेकर्णेश्वर पुरस्कृत भएकाे थियाे ।  केही व्यक्तिले सामाजिक सञ्जालमा नगरले प्रदान गरिरहेकाे स्वा र स्वास्थ्य विमा कार्यक्रमलाई लिएर विना प्रमाण भ्रम फैलाउने काम गरेकाे भन्दै मेयरले खण्डन गरेका हुन् ।

` नगरपालिकाकको स्वास्थ्य क्षेत्रका बिरोधी, स्वास्थ्य बिमाका बिरोधिहरुले केहि बुझ्दै नबुझी, बिना प्रमाण बिना डाटा सामाजिक संजालमा नकारात्मक भ्रम फैलाइरहेका छन्। यस्ता नकारात्मक भ्रमले सोझा, गरिब, दुखि जनताको स्वास्थ्य सेवाको खिसी टिउरी गरेका छन्,´ मेयरकाे सचिवालयले भनेकाे छ, `जनताले पाएका सुबिधाको खोइरो खन्ने र देखि नसक्नेहरुको सोच देखेर दया लागेर आउछ | जसले सेवा पाएका छन्, सेवा लिईरहेका छन् उहाँहरुले बिरोध गरेका छैनन्, बरु राम्रो काम नै भनी रहेको सुनिन्छ ।´

नगर अस्पतालमा सेवा लिन लाइनाा बसेका स्थानीय

सरकारी त्यही पनि नगरले चलाएको अस्पतालको उपलब्धि देखि नसक्ने, सरकारी संस्थालाई टिकाउन नखोज्ने , सरकारी संस्थाले गरेको प्रगतिलाई हेर्न नचाहने, नगरपालिकाको काम मन नपराउनेहरुलाई सत्य तथ्यको आधारमा बोल्ने र लेख्नेलाई पनि अनुरोध गरिएकाे छ । नगरबाट गत आर्थिक वर्षमा २३ हजार भन्दा बढीले सेवा लिएका छन् , बिमाबाट सेवा लिने मात्र १० हजार भन्दा बढी छन् भने यस वर्ष पनि ४ महिनाको अबधिमा १० हजार भन्दा बढीले बिमा गरि सकेका छन् ।  १३ हजार भन्दा बढीले यही ४ महिनामा स्वास्थ्य  बीमा बापत सेवा लिएका छन् ।

नगर अस्पतालमा उपचार हुन नसकेका बिरामीहरुले त्याहाँको सिफारिसमा नेपाल मेडिकल कलेज, शंखारापुर अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालमा सम्झौता भए बमोझिम १२१ जनाले सेवा लिएका छन् ।

`के यो सेवालाई फोगटको सेवा मान्ने ?के यो सेवा बिना उपलब्धिको सेवा हो ?के यो सेवा जनताले रहरले वा कसैको कहरले लिएका हुन ? अनि यतिको जनतामुखी सेवा दिदा दिदै पनि बिरोध गर्नेहरुलाई गोकर्णेश्वर नगरपालिका भित्रका जनताले मुल्यांकन गर्ने छन्,´ सचिवालयले भनेकाे छ ।

स्वास्थ्य बिमा बोर्ड बाट भुक्तानी आएको रकम लगभग ५१ लाख छ । भुक्तानी आउने बाँकि रकम १ करोड २५ लाख लगभग रहेको छ, जुन रकम भुक्तानीको प्रक्रियामा रहेको छ ।

`जनतालाई स्वास्थ्य सेवा दिदा दिदै जनताले मन पराएको नगरपालिकाको स्वास्थ्य योजनालाई असफल बनाउन सामाजिक संजाल र अन्य माध्यामबाट लागि पर्ने व्यक्ति र विभिन्न सरोकारवाला निकायहरुले तथ्यहीन गलत प्रचारप्रसार गरेको हुँदा सम्बन्धित निकायमा बुझेर मात्र बिरोध र आलोचना गर्नुपर्छ भन्ने संस्कारको बिकास हुन जरुरि छ´, रिसालले भनेका छन् `जतिनै बिरोध गरे पनि जनताको स्वास्थ्य सेवामा कुनै पनि कमि हुन नदिन निरन्तर लागि रहने छु । सुरुवाती अबस्थामा रहेको छ, त्यसको बाबजुत पनि सिमित स्रोत साधनलाई उपयोग गरेर सेवा प्रबाह भै रहेको छ ।अझै यो भन्दा बढी गुणस्तर सेवा दिनको लागि सदैब तत्पर छु ।´

नगरबाट कतिले लिए स्वास्थ्य सुविधा ?

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर