काठमाडौं :सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेता जनक बर्ताैलामाथि खुकुरी प्रहार भएकाे छ । आज नयाँ बानेश्वरमा हिँडिरहेकाे अवस्थामा अज्ञात व्यक्तिले उनी माथि खुकुरी प्रहार गरेकाे हाे । बर्ताैलाकाे टाउकाेमा चाेट लागे पनि अवस्था खतरामुक्त रहेकाे बताईएकाे छ ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डका सचिवालयले घटनाकाे पुष्टि गरेकाे छ । प्रचण्डका सहयाेगी रमेश मल्लले भनेका छन्, `हाम्रो पार्टीका जुझारु नेता कमरेड जनक बर्ताौलामाथि भएको अपराधिक सांघातिक आक्रमणको घोर निन्दा गर्दछु। उहांको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै अपराधिलाई कार्बाहीको दायरामा ल्याउन कुनै कसर बांकि नराखिने दृढता व्यक्त गर्दछु।´ हाल देशमा माओवादीकाे नेतृत्वमा सरकार छ भने गृहमन्त्री माओवादी नेता नारायणकाजी श्रेष्ठ छन् । यसअघि कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकाे थियाे । त्यतिबेला कांग्रेस निकट तरूण दलले शान्ति सुरक्षा कायम गर्न असफल भन्दै गृहमन्त्रीकाे राजीनामा मागेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर