काठमाडौं : राजनीतिक विश्लेषक डम्बर खतिवडाले कांग्रेस नेता शेखर काेइराला अवसरवादकाे पराकाष्ठा भएकाे टिप्पणी गरेका छन् । काेशी प्रदेशमा एमालेकाे समर्थनमा सरकार बनाएर आज मन्त्रीपरिषद्मा माओवादी र एकीकृत समाजवादीलाई भित्राएपछि खतिवडाले यस्ताे टिप्पणी गरेका हुन् । उनले काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रचण्डकै अर्काे संस्करण भएकाे बताएका छन् ।

`यी केदार कार्की पनि प्रचण्डकै अर्का संस्करण रैछन।शेखर काेइरालाकाे राजनीतिक नैतिकता राम्रै देखियाे। खान पाईन्छ भनेपछि जता पनि कुद्ने-नुन र गुनकाे साेझाे समेत गर्न नजान्ने अवसरवादकाे पराकाष्ठा देख्दा त्यसै पाराे चडेर आउँछ। कति घटिया बनाए यार यिनले राजनीतिलाई ? अझै यिनैबाट आश गर्ने?,´ आज काेशी प्रदेशमा सरकार विस्तारलगत्तै खतिवडाले ट्विटरमा लेखेका छन् ।

काेशीमा कांग्रेसभित्र शेखर पक्षले विद्राेह गर्दै प्रदेश सांसद कार्कीलाई एमालेकाे समर्थनमा मुख्यमन्त्री बनाएकाे थियाे । एमालेले सरकारमा सत्तारूढ दललाई नल्याउने भित्रि सहमति गरि साथ दिएपनि शेखर पक्षले धाेका दिएकाे एमाले आराेप छ । माओवादी र समाजवादी प्रवेशसँगै एमाले सरकारबाट बाहिरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर