काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले आफू १५ ओै महाधिवेशनमा सभापतिकाे आकांक्षी रहेकाे बताएका छन् । बिपी साहित्य महाेत्सवका क्रममा परिवारले चिनेकाे बिपी विषय अन्तरक्रियामा बाेल्दै बिपि पुत्र शशांकले यस्ताे बताएका हुन् । काेइराला परिवारका शेखर र सुजाता पनि यही सत्रमा सँगै वक्ता थिए ।

डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरुको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औं महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको पनि स्मरण गरे । आफू १५औं महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको उनले बताए।

त्यस्तै अर्काे फरक सन्दर्भमा डा.शशांकले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ? भनेर बिपीले आफूहरुलाई भन्ने गरेको घटना स्मरण गरे। १४ओै महाधिवेशनमा शेखर सभापतिमा उठ्दा परिवारकै सुजाता र शशांकलाई साथमा लिन सकेका थिएनन् ।
बिपी पछि नेपालमा सफल प्रधानमन्त्री गिरिजाप्रसाद काेइराला भएकाे उनकाे भनाई थियाे । ‘बिपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ। बिपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो। बिपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो। सात हजार किमी बाटो थियो, अहिले १ लाख किलो मिटर भयो। हात हातमा मोबाईल आयो, यो सब गिरिजाप्रसाद कोइरालाको देन हो।’

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बिपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्नुहुन्थ्यो। आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर