काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शेखर काेइराला गुटकाे बैठकमा नजाने भएका छन् । आज शेखर काेइराला गुटकाे बैठकमा साे गुटबाहिरका महामन्त्री शर्मा र नेता प्रदीप पाैडेललाई बाेलाईएकाे थियाे । काेइरालाकाे बालुवाटारस्थित सम्पर्क कार्यालयमा बैठक बाेलाइएकाे छ ।

साे बैठकमा महामन्त्री शर्माले नजाने संकेत गर्दै ट्विट गरेका छन् ।

`काँग्रेसमा विचार समुहहरु र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुछ ।
दलहरुमा फरक विचार र विचार समुह हुनु स्वभाविक हो । काँग्रेसमा पनि छ / छन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ ´, उनले लेखेका छन्,`तर अहिलेको समय महासमितिबाट निति, गति र मति उपर साझा दृस्टी निर्माणको समय हो l यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी बिषयहरुप्रती सजग छु / रहनेछु ।

पाैडेल आजै चीन जाँदैछन् । पाैडेल पनि बैठकमा जाने सम्भावना कम रहेकाे उनी निकटले बताए ।

महामन्त्री शर्माकाे ट्विट-

काँग्रेस कस्तो बन्ने र काँग्रेसमा को बन्ने ?
भन्दा महत्त्वपूर्ण प्रश्न-

* समाजमा असन्तुष्टि किन छ,
* हामी त्यसमा कति दोषी छौं,
* वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ l
( `महासमिति´ मार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र काँग्रेसलाई पनि )
पार्टी पंक्तिमा उर्जा l
* नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास l
* ०८२ मा महाधिवेशन सुनिश्चितता l
* समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री l

काँग्रेसमा विचार समुहहरु र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुछ l
दलहरुमा फरक विचार र विचार समुह हुनु स्वभाविक हो l काँग्रेसमा पनि छ / छन् l यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ !

तर अहिलेको समय महासमितिबाट निति, गति र मति उपर साझा दृस्टी निर्माणको समय हो l यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी बिषयहरुप्रती सजग छु / रहनेछु l

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर