बुद्धिसागर सुवेदीले गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षका रुपमा काम गरिसक्नुभएको  छ। अहिले सुवेदी  एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) काे महासचिवको तयारीमा हुनुहुन्छ । एनआरएनए अमेरिकाको नेतृत्व (एनसीसी) मा हुँदा उहाँको कार्यकालमा संस्थाको आफ्नै भवन निर्माण भएको छ । कोभिडको बेलामा उहाँकै पहलमा अमेरिकी सेनाले नेपालसम्म स्वास्थ्य सामाग्री निशुल्क ढुवानी गरेको थियो । एनसीसीमा रहँदा काम गरेर इतिहास बनाएकाले अब आइसीसीमा पनि काम गर्नका लागि  महासचिवमा दाबेदारी रहेको सुवेदी बताउनुहुन्छ । सुवेदीसँग आसन्न एनआरएनएको सम्मेलन, उहाँको एजेन्डा र महासचिवमा दाबेदारीलगायतबा विषयमा हुलाकपाेस्टले गरेकाे संवाद :

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षका रुपमा तपाईँको कार्यकाल कस्तो रह्यो ?
०१९/२१ मा एनआरएनए अमेरिकाकाे उपाध्यक्ष भएर काम गर्दा धेरै महत्वपूर्ण काम गरियो । त्यसमध्ये एउटा महत्वपूर्ण काम भनेको मलाई नै एनआरएनएको मेम्बरसिप ड्राइभ कमिटीको चेयर बनाइयो । त्यो कोभिडको बेलामा पनि संसारको सबभन्दा ठुलो एनसीसी बनाउनका लागि काम गरेँ । दिएको जिम्मेवारीमा एकदम गम्भीरताका साथ काम गर्नुपर्छ भनेर मैले काम गरेँ । त्यसमा करिब २१ हजार जति मेम्बर बने ।

अहिले ०२१/२३ मा म अमेरिकाको सभापति हुँदा यस्तो कठिन परिस्थितीमा पनि मेम्बरसीप कम भएकोचाहीँ होइन । अहिले पनि हामीसँग १५ हजार सदस्य हुनुहुन्छ ।  एमआइएस सिस्टम पहिलो पटक थियो अमेरिकामा ।

संस्थामा यतिकै नामका लागि भन्दा पनि कामको लागि जाने हो भन्ने लाग्छ । म अमेरिकाको अध्यक्ष हुँदै गर्दा निक्कै चुनौतिहरु थिए । मेराे कार्यकमलमा सबै च्याप्टर र एनसीसी तहमा गरेर ४ सय बढी गतिविधिहरु भएका छन् । इतिहासमै कहिल्यै नबिर्सने महत्वपूर्ण कामहरु पनि भएका छन् ।

कोभिडको बेलामा पनि तपाई निक्कै सक्रिय रहनुभयो । संस्थाको आफ्नै भवन अमेरिकामै खडा भयो । यो कसरी सम्भव भयो ?
मेरो विचारमा कुनै पनि एनसीसीहरुसँग आफ्नै भवन, स्थायी ठेगाना छैन । तर हामीले आफ्नै भवन खरिद गरेर एनसीसी अमेरिकाको  स्थायी ठेगाना बनाउनसक्याैं। बैंकमा कुनै ऋण छैन । पूरै च्यारिटीबाट स्रोत जुटाएर त्यसलाई अहिले स्थायी ठेगाना बनाएका छौं । त्यही बेलामा नेपालमा कोभिड भयो । अमेरिकी सरकारसँग सहकार्य गरेर निशुल्क रूपमा नेपालसम्म हेलिकप्टर चार्टर गरेर कोभिडको सामानहरु ल्याउन सफल भइयाे । यो एकदमै चुनौतिपूर्ण हो ।

यतिकै हेर्दाखेरि ए सामान आएछ भन्ने लाग्छ । तर, अमेरिकी  सेनासँग समन्वय गरेर अमेरिकादेखि नेपालसम्म निशुल्क ढुवानी गर्नु भनेको ठुलै चुनौति हो । त्यस्तै, अमेरिकाभित्र पनि संस्थागत रुपम धेरै परिवर्तन गर्यौं । अमेरिकामा हाम्रो ३० वटा च्याप्टर छ । एनसीसीसँग जहिल्यै पनि द्धन्द्ध भइराहुन्थ्यो । एनसीसीसँग च्याप्टरको समन्वय नै नहुने । मैले त्यो समस्या बुझेको थिएँ । म जब एनसीसीको प्रेसिडेन्ट भएँँ त्यसपछि च्याप्टरहरु स्वतः बोर्ड अफ डाइरेक्टर हुने व्यवस्था गरेँ ।

हाम्रो एनआरएन चुनावमुखी मात्र छ । एउटा चुनाव सकियो अर्को चुनावको शुरुवात हुन्छ । अहिले हामी ०२३–२५ का लगि तयारीमा छौं । ०२५–२७ मा चुनावमुखी कार्यक्रमलाई नै अन्त्य गर्नुपर्छ । जब एनसीसीहरुको चुनाव हुन्छ त्यो बेलामै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को अध्यक्ष, महासचिव सबैको अनलाइन मतदान गर्ने व्यवस्था ग¥यौं भने चुनावमुखी कार्यक्रमको अन्त्य हुन्छ । अहिले हामी सबै एनसीसीहरुमा मत माग्न हिँड्नुपर्छ । यो एकप्रकारको विकृति नै हो । यसलाई अन्त्य गर्न ०२५-२७ मा अनलार्ईन मतदानको व्यवस्था गर्नुपर्छ । जति एनसीसीका सभापतिहरु छन् उनीहरु सबैलाई स्वत आइसीसीको सदस्य बनाए भइहाल्यो नी । तब न आइसीसीमा के भइरहेको छ एनसीसीमा संयोजन हुन्छ । म आफै एनसीसी अमेरिकाको अध्यक्ष भएँ, जम्मा दुई पटक जुम मिटिङको लिङ्क पठाको थियो । जबकी त्यो मिटिङमा कुनै महत्वपूर्ण विषयनै थिएन । महत्वपूर्ण विषय हुँदा वास्तै गरिँदैनथ्यो ।

 

अहिले महासचिवको तयारीमा हुनुहुन्छ । किन तपाईंलाई नै महासचिव बनाउने ?
मेराे महासचिवमा उम्मेदवारी नामका लागि होइन, कामको लागि हो । अहिले देखिएका विकृतिलाई निरुत्साहित गर्ने, कमजोरीलाई हटाएर संस्थालाई सुदृढिकरण गर्नुपर्छ भनेर महासचिवमा मेरो आकांक्षा हो । अध्यक्षसँग मिलेरै महासचिवले काम गर्ने हो । तर, महासचिवले नै गर्ने कामहरु पनि हुन्छन् ।

हाम्रो एनआरएनए चुनावमुखी मात्र छ । एउटा चुनाव सकियो अर्को चुनावको शुरुवात हुन्छ । अहिले हामी ०२३/२५ का लगि तयारीमा छौं । ०२५/२७ मा चुनावमुखी कार्यक्रमलाई नै अन्त्य गर्नुपर्छ । जब एनसीसीहरुको चुनाव हुन्छ त्यो बेलामै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को अध्यक्ष, महासचिव सबैको अनलाइन मतदान गर्ने व्यवस्था गर्यौं भने चुनावमुखी कार्यक्रमको अन्त्य हुन्छ । अहिले हामी सबै एनसीसीहरुमा मत माग्न हिँड्नुपर्छ । यो एकप्रकारको विकृति नै हो । यसलाई अन्त्य गर्न ०२५ /२७ मा अनलार्ईन मतदानको व्यवस्था गर्नुपर्छ । जति एनसीसीका सभापतिहरु छन् उनीहरु सबैलाई स्वत: आइसीसीको सदस्य बनाए भइहाल्यो नी । तब न आइसीसीमा के भइरहेको छ एनसीसीमा पनि थाहा हुन्छ । काम गर्न सहज हुन्छ । म आफै एनसीसी अमेरिकाको अध्यक्ष भएँ, जम्मा दुई पटक जुम मिटिङको लिङ्क पठाको थियो । जबकी त्यो मिटिङमा कुनै महत्वपूर्ण विषयनै थिएन । महत्वपूर्ण विषय हुँदा वास्तै गरिँदैनथ्यो ।

अर्काे विषय हामी मेम्बरसिपमा मात्र ड्राइभ भएर बसिरहेका छौं । प्रत्येक एनसीसीहरुले सदस्यताको पैसा पठाउँछ । अनि त्यसै मात्रै संस्था चलिरहेको छ । सचिवालयमा कर्मचारीको सँख्या पनि धेरै छ । त्यसलाई अलि चुस्त बनाउनुपर्छ । महासचिवले पूर्णकालिन रुपमा काम गर्नुपर्छ कार्यालयमा । हामी त काम गर्न भनेर आउने हाे । स्वयंसेवी रुपमा काम गर्छौ भनेपछि त काम गर्नुपर्यो नी ।

हाम्राे  सचिवालयमा ६ जना सचिव हुन्छ, २ जना उपमहासचिव हुन्छ, महासचिव हुन्छ । ८/९ जनाको एउटा टिम बनाएर सबैलाई काम दियो भने सचिवालयमा यति धेरै कर्मचारीनै चाहिँदैन । सचिवालयकाे खर्च कटौती गर्न सकिन्छ । त्यसका लागि म महासचिव भएँ भने पूरा समय दिएर काम गर्न सक्छु र संस्थालाई चुस्तदुरुस्त अगाडी बढाउन सक्छु भन्ने विश्वास छ । त्यो बाहेक त अध्यक्षसँग समन्वय गरेरै काम गर्ने हो । जसरी एनसीसीमा काम गर्दा एक प्रकारले भन्दा जसरी इतिहास बन्यो । त्यस्तै आइसीसीमा पनि महासचिव भएर इतिहासमा सम्झिने खालको काम गर्ने मन छ ।

एनआरएनएमा राजनीति हाबी भयो भन्छन् । तपाईंलाई के लाग्छ ?
एउटा त संस्थालाई हामीले राजनीतिबाट मुक्त गराउनुपर्छ । हो, राजनीतिक चेतना चाहिन्छ । तर, संस्थाभित्र राजनीति घुस्न दिनुहुँदैन । आफ्नो तरिकाले काम गर्नुपर्छ । हामी नेताहरुकोमा होइन कि नेताहरु हाम्रोमा आउने वातावरण बनाउनुपर्छ । संसारभरिको यतिठुलो ग्लोबल अर्गनाइजेसन । ८० लाख भन्दा बढी नेपालीहरु छौं । विभिन्न खालको स्रोत र साधनहरु भएको, विज्ञता भएका साथीहरुको नेटवर्क हो । तपाईंहरुको विज्ञता, नेटवर्किङ,देशका लागि चाहिएको छ यसमा तपाईंहरुले सहयोग गर्नुस् भन्ने खालको वातावरण हामीले बनाउनुपर्छ । संस्थालाई सबैले विश्वास गर्ने आधार बनायौं भने भोलीको दिनमा त्यस्तो हुन्छ । हामी त्यही ढँगले काम गर्छौ ।

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको