काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुई ध्रुवमा बाँडिएको बताएका छन् ।
बीपी युथ सर्कलले बुधबार काभ्रेको धुलिखेलमा आयोजना गरेको युवाहरूको विचार सम्मेलन कार्यक्रममा बोल्दै उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टी कसरी चल्छ भन्दै प्रश्न गरे । “सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बािडुनभएको छ । अनि पार्टी चल्छ कसरी ? यो सोचेका छौं ?,” उनले भने ।
बीपी कोइरालाको समयमा पार्टी सभापति सिस्टममा चल्ने गरेको भन्दै नेता कोइरालाले सभापति प्रणाली हो भने पार्टी त्यसरीनै चल्नुप¥यो बहुपदिय सिस्टममा पार्टी चल्ने भए त्यसरीनै चल्नुपर्ने बताए । अहिले पार्टीभित्र सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टीमा विग्रह आएको उनले जानकारी दिए ।
“सभापति प्रणाली भने त्यो हिसावले हिन्नुपर्यो । नभए अर्कै कुनै उपाय खोज्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । अहिले बहुपिदिय भनिएको छ । बहुपदियलाई खराव त भन्दिन तर, मिलेको छैन । यसले हामीलाई विगारेको छ,” उनले भने ।
उनले पार्टी र सरकार पारदर्शी बन्नुपर्ने धारणा राखे । साथै कोसी प्रदेशमा धार्मीक दंगा फैलन सक्ने डर बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।