काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालिन राजा महेन्द्रले भूमिका खेलेकाे बताएका छन् । नेपाली कांग्रेसले बीपीको ११० औं जन्मदिनको अवसरमा आइतबारबाट बीपीनगरमा आयोजित ‘बीपी साहित्य सम्मेलन-२०८०’को दोश्रो दिन ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बीपी’ विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजबादी अध्यक्ष भट्टराईले यस्ताे बताएका छन् ।
नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको पनि उनले बताए ।
भट्टराईले बिपीले लिएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताए ।
उनले वीपीजस्तै आफू पनि स्टालिनसँग सहमत नभएकाे बताए । ‘माक्र्स र गान्धिको बिचारबाट प्रभावित भएका बीपीको विचारमा माक्र्सबाद र गान्धीको आर्थिक समाजबाद र अहिंसावादी व्यवहार झल्किन्छ । बीपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालिन राजा महेन्द्रले भूमिका खेलेका हुन् ,´ उनले भने ।