काठमाडौं : नेेेपाल विद्यार्थी संघकाे माग अनुसार इञ्जिनियरिङ शिक्षामा भएकाे शुल्कवृद्धि पुनरावलोकनका लागि समिति गठन भएकाे छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चाेक इञ्जिनियरिङ क्याम्पसका सहप्राध्यापक डा. हरिराम पराजुलीकाे संयाेजकत्वमा समिति बनेकाे हाे ।

मंगलबार इञ्जिनियरिङ अध्ययन संंस्थानका डीन शशिधर राम जाेशीले ११ सदस्यिय शुल्क पुनरावलोकन समिति गठन गरेका हुन् । जसमा त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पुल्चाेक, थापाथली र पूर्वाञ्चलका स्ववियु सभापति पनि समितिमा राखिएका छन् ।

इञ्जिनियरिङ शिक्षामा १४४% शुल्कवृद्धिकाे विरूद्दमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाकाे नेतृत्वमा बालुवाटार घेराउ सहित देशभर आमरण अनसन र विराेध प्रदर्शन भएकाे थियाे । नेविसंघको दबाबपछि भदाै १३ गते त्रिवि उपकसलपति धर्मकान्न बाँस्काेटा शुल्क वृद्धि घटाउन तयार भएका थिए । साेही अनुसार डिनकाे कार्यालयले आज शुल्क पुनरावलोकन समिति बनाएकाे हाे ।

यस्ताे छ समिति –

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको