काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कांग्रेस उपसभापति समेत रहेका खड्का अस्वस्थ भएपछि अहिले नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
महामन्त्रीद्वय शर्मा र थापा खड्कालाई भेट्न शुक्रबार दिउँसो अस्पताल पुगेका थिए । उनीहरुले खड्काको स्वास्थ्य अवस्था बुझ्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।