काठमाडौं । नेपाल विद्यार्थी संघले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि १४०% शुल्क बढाइएको भन्दै विरोध गरेको छ ।
बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई) ले गरेको शुल्क वृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईँको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर सांकेतिक विरोध जनाएको हो ।
नेविसंघले शुल्क वृद्धि फिर्ताको माग गर्दै चरणवद्द आन्दाेलन जारी राखेकाे छ ।