काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकाले एमसस्सीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी अस्वीकार गरेको भए जनतालाई भन्न आग्रह गरेका छन् ।

समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा पास नहुने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित आफूहरुलाई संसदबाट पारित गर्नुपर्ने बाध्यता आइलागेको बताए । ‘एसीसीका कुराहरु पनि छन्, त्यसलाई इन्डोप्यासिफिक स्टेटेजीको अंग हुन सक्दैन । त्यो भनेको चीनलाई घेराउ गर्ने रणनीति हो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन सक्दैन ,’ उनले भने, ‘ हामी कसैलाई शत्रु घोषणा गर्दैनौं । हामीले संसदमा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको अंग घोषणा गरेर पास गरेका छौं, त्यहाँ हामीले कुनै सैन्य गठबन्धनमा सामेल हुन सक्दैन भनेर । नेपालको भूमिमा नेपालको अधिकार छ । अरुको अधिकार स्वीकार्न सक्दैनौं, नेपालको कानूनभन्दा अरुको कानून माथि हुनु हुँदैन भन्ने १२ वटा विषयलाई अगाडि सारेर ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको