काठमाडौं, ७ भदौ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।
सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।
अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए।

उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको