नाग पञ्चमीमा कालसर्प दोषले ग्रस्त मानिसहरुले विधि विधानले भगवान शिवको पुजा आरधना तथा मन्त्रको जप गरेमा उनीहरुको दुख कष्ट बाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ । कालसर्प दोष वा राहुको शान्तिको लागी पुजा पछि भगवानसँग प्राथना गर्दे नाग गायत्री मन्त्र  “ॐ नवकुलाय विद्यमहे विषदंताय धीमहि तन्नो सर्प: प्रचोदयात्” को जप कालसर्प दोषलाई टाढा भगाउन प्रभावकारी सिद्ध हुन्छ ।

यसको अतिरिक्त नागपञ्चमीमा “ॐ नमः शिवाय’ और ‘ॐ नागदेवताय नम:” मन्त्रको जप गरेमा चाडो ब्यक्तिको उदेश्य पुरा हुन्छ । यो मन्त्रको प्रयोग दिनमा १०८ पटक गनु पर्ने हुन्छ ।

श्रावण महिनाको पञ्चमी तिथिमा मनाइने नाग पञ्चमी नागहरुलाई समर्पित भई यो दिन श्रद्धा पुर्वक नागको पुजा अर्चना गनु पर्दछ । बेद तथा पुराणमा नागको उत्पति महर्षि कश्यप र उनको पत्नी कद्रोबाट भएको मानिन्छ भने नागको मुल स्थान पाताल लोकलाई मानिन्छ । शास्त्र अनुसार नागलाई त्रिदेव अर्थात ब्रह्रा, विष्णु र महेश्वर तीनैले माया गर्दछन् ।

ब्रम्ह्राले नाग पञ्चमी तिथिलाई विशेष बताउदै श्रावण शुक्ल पञ्चमीमा बरदान दिएका थिए र आस्तिक मुनिले पनि यस दिन नागको रक्षा गरेका थिए त्यसैकारण नाग पञ्चमीको यो पर्व निकै नै महत्वपुर्ण छ ।

पृश्वीमा नागको चित्रांकन गरिन्छ र माटोले नाग बनाएर फलफुल, धुप, दिप एवं विविध प्रकारले यो दिन पुजा गरीन्छ ।

नाग पञ्चमीको दिन विशेष रुपमा सन्तान प्राप्ति, कालसर्प दोष, कुष्टरोग, क्षय रोग, लक्ष्मि प्राप्ति गर्न तथा कुनै पनि प्रकारको ठुला कष्टबाट मुक्ति पाउनको लागी पुजा गरीन्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको