काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा जारी अवरोध खुलाउन माग गरेको छ । आज रास्वपा सांसदहरुले सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सदनको अवरोध खुलाएर बैठक सूचारु गर्न माग गरेका हुन् ।

सुन तस्करीबारे छानविनका लागि उच्चस्तरीय छानविन समिति माग गर्दै उमालेले लगातार संसद अवरोध गरिराखेको छ । आज पनि उमालेले बैठकमा अवरोध गरेको छ । रास्वपाले संसद अवरोधले जनताका मुद्दा उठाउन नपाएकोप्रति असन्तुष्टि पनि जनाएको छ । रास्वपाले संसद अवरोध भएको दिनको कुनै सेवा सुविधा नलिने जानकारी पनि सभामुखलाई गराएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको