काठमाडौं । प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठकाे नाम सिफारिस भएकाे छ। सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गतेपछि अनिवार्य अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, ढिला गरेर मात्रै नाम सिफारिस भएकाे छ । संसदीय सुनुवाइ बाट अनुमाेदन भएपछि श्रेष्ठ प्रधानन्यायाधीश बन्नेछन् ।
शाखा अधिकृतदेखि प्रधानन्यायाधीश सम्म सन् १९५९ अक्टोबरमा सिलगडी डोटीमा जन्मिएका श्रेष्ठ सन् १९८२ मा शाखा अधिकृतको अस्थायी नियुक्तिसहित कानुन तथा न्याय मन्त्रालयमा आबद्ध भएका थिए। उनीसँग जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतहरूमा काम गरेको लामो अनुभव छ।सन् १९८८ मा दार्चुला जिल्ला अदालतमा न्यायाधीश रहेका उनी सन् २००६ बाट तात्कालिक पुनरावेदन अदालतमा आबद्ध भएका थिए।<उनी पुनरावेदन अदालतको मूख्य न्यायाधीश पनि बने। पछि सन् २०१६ मा उनले सर्वोच्च अदालतमा प्रवेश पाए। गत वर्ष असोजबाटै कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीलाई गत वैशाख २५ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
उमेर हदका कारण उनले १४ महिनाजति प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न पाउने छन्।