काठमाडौँ  :   नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिपी काेइरालाले बनाएकाे बाटाेमै  नेपालकाे कम्युनिस्ट आन्दोलन अघि बढेकाे बताएका छन् । एमाल अध्यक्ष केपी शर्मा ओलीले बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जवाफमा यस्ताे बताएका हुन् ।

बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए। राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको जिकिर थियो।

सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन्। उनले अध्यक्ष ओलीले बिपी कोईरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताए। जतिबेला पञ्चाायति व्यवस्था थियाे, तब कांग्रेस साे व्यवस्थाका विरूद्द लड्का तत्कालिन कम्युनिस्ट पार्टी बहुदलकाे विपक्षमा उभिएकाे ईतिहास छ ।

उनले अध्यक्ष ओलीले कुनैपनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए।

महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताए। बिपी कोईरालाले २०३३ सालमा लिनुभएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाई यही हो भन्दै प्रश्न गरे। बिपी कोईरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढीरहेको उनको दाबी थियो।

उनले बिपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रुपान्तरण गर्दै लिएर आउने तर बिपीमाथि नै औंला उठाउने प्रकारको व्यवहार गलत भएको उल्लेख गरे। इतिहासलाई बंग्याउने भन्दा इतिहासप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिन जरुरी रहेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको