काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको १३४ औं पटक सफल आरोहण गरेका छन् ।

५,६४२ मिटर उचाइमा रहेको एल्ब्रस हिमालको जुलाई ३० तारिखका दिन रुसी समय अनुसार बिहान ६ बजे सफल आरोहण गरेका हुन् । यससँगै उनले उक्त हिमालकोे १३४ औं पटक आरोहण गर्न सफल भएको हो ।

तामाङले उक्त हिमाल २००२ देखि आरोहण गर्न थालेका हुन् । उनले माउन्ट एल्ब्रस दुई सय पटक चढ्ने लक्ष्य लिएका छन् ।

हालसम्म उनले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लागतको सफल आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको