काठमाडौं: नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा परिषद्का पूर्व रजिष्ट्रार धनप्रसाद पौडेलको नाम सिफारिस भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परिषदको अध्यक्षमा उनको नाम सिफारिस गरेको मन्त्रालय स्राेतले बतायाे  । ‘उहाँको एकल नाम सिफारिस भएको छ,’ स्रोतले भन्यो, ‘क्याबिनेटबाट निर्णय भएर आएको छैन ।’ २ पटक परिषदको रजिष्ट्रार भएका पौडेल स्वास्थ्य सेवा विभागमा मेडिकल टेक्नोलोजिष्टको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको