काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् । आज प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराए ।

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्ने पौडेलले जोड दिए । ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सहिने उनको भनाई थियो । जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरि पानी विष्णुमतिमा पुर्याउने काम भइरहेपनि असार पछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएपछि त्यसतर्फ धयान नपुगेकोमा उनले गुनासो गरे ।

बाटोनै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिँडेदाहिँड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसर्द पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तिव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए । चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दे पौडेलले तत्काल सडकमा राखिएका ढल व्यवस्थापन गर्न माग गरे । “खाल्डो खनेर हिम पाइप ढल बग्ने गरि अस्थायी रुपमा राख्ने वयवस्थापन ततकाल गरियोस्,” पौडेलले भने,“बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतीपूर्ति दिइयोस् । म यहि अनुरोध गर्न चाहन्छु ।”

https://www.youtube.com/watch?v=HDo0sc26Ysw

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको