काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयले दुुर्गममा स्वास्थ्यकर्मी पठाउने मन्त्रालयको प्रशासनिक सुधारको प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै दरबन्दी अनुसार स्वास्थ्यकर्मीको सरुवा र दुुर्गममा स्वास्थ्यकर्मी पठाउने प्रयासलाई गलत तरिकाले प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो ।

संघको पुल दरबन्दीमा रहेका एक चिकित्सकलाई काठमाडौं बाहिर पठाउन लाग्दा आफू राष्ट्रिय ट्रमा सेन्टरमै काम गर्ने नभए आत्महत्या गर्ने अभिव्यक्ति दिएका थिए । सो सन्दर्भमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरुवा गरेको ठाउँमा जान नमान्ने र आत्महत्याको धम्की दिने कर्मचारीलाई डोरी लिएर मन्त्रीको गेटमा जानुू भन्ने अभिव्यक्ति दिएका थिए । सो सन्दर्भमा स्वास्थ्यसँग सम्बद्ध निकायले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण समेत गरेका थिए ।

‘राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय सम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेको र हाल पनि दरबन्दी भन्दा बढी विशेषज्ञ रहेको तथा अन्य अस्पतालमा दरबन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीहरुलाई निरत्साहन गर्दै स्वास्थ्यर्मीहरुलाई दरबन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सिर्जना गर्न तथा वर्षौँदेखि कामकाजमा मात्र रहने अवस्था सुधार गरी काठमाडौंमा मात्रै बस्न खोज्ने प्रवृत्तिलाई रोक्न यस्तो प्रयास भएको हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘निज चिकित्सक तत् पश्चात पत्र बुुझी काठमाडौं उपत्यका बाहिरको संघीय अस्पतालमा हाजिर भई काम गरिरहेको अवस्था छ ।’
दरबन्दी भएको स्थानमा कर्मचारी नजाने, दुुर्गमका गरिब विपन्न र निमुुखा जनताले विशेषज्ञ सेवा नपाउने, सुुगममा दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी तथा चिकित्सक थुुप्रिने गर्दा ठूलो संख्यामा राज्यलाई आर्थिक भार पर्ने गरेको मन्त्रालयको तर्क रहेको छ ।
गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी स्थानीय तहहरुको दाहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरु मध्ये स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको पदाधिकार रहेको स्थानीय तहमा साउन १ गतेबाट लागू हुनेगरी काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिने निर्णय गरिएको छ ।
अर्थमन्त्रालयबाट आगामी साउन १ गतेबाट दरबन्दी भन्दा बढी कामकाजमा रहेका वा करारमा रहेका कर्मचारीहरुलाई तलब भत्ता पठाउन नसक्ने स्वास्थमन्त्रालाई पत्र पठाएको थियो । तोकिएको दरबन्दीमा जान नमान्ने कर्मचारीहरुलाई कानुनी दायरामा ल्याउने र असल नियतका कर्मचारीलाई प्रोत्साहन गर्न गरिएको प्रयासमा गलत भाषा प्रयोग गरिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको हो ।
मन्त्री बस्नेत स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा आइसकेपछि केही सुधारका कामको थालनी गरेका छन् । वीर लगायत संघीय अस्पतालहरुमामा विपन्न वर्गलाई बेड निशुल्क गर्नेदेखि दुुर्गमका जनताको स्वास्थ्यमा गम्भीरताका साथ अघि बढ्ने मन्त्री बस्नेतको प्रयासको प्रसंशा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको