काठमाडौं : काेशी प्रदेशमा प्रदिप सुनुवार मन्त्री नियुक्त भएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका ओखलढुंगाका सुनुवार आज मन्त्री नियुक्त भएका हुन् ।
अहिले विना विभागिय मन्त्री बनाइएका सुनुवारलाई छिटै मन्त्रालय दिने तयारी भईरहेकाे छ । ओखलढुंगा कांग्रेसका पूर्व सभापतिसमेत रहेका सुनुवार कांग्रेसभित्र इमान्दार नेताका रूपमा परिचित छन् ।