
काठमाडौँ- टिकापु नरसंहारमा दाेषी ठहर रेशम चौधरी ६ वर्षपछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियाे । सरकारले सिफारिस गरेकाे भोलिपल्ट नै चौधरी जेलमुक्त भएका हुन् ।
टिकापुर नरसंहारको दोषी ठहर गरेपछि जेल जीवन बिताइरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला सदर गरेपछि उनी २०९४ सालसम्म जेल बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ वर्ष अगाबै जेलमुक्त भएका हुन् ।
डिल्लीबजार कारागारबाट जेल मुक्त हुदाँ उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन् । उनकी पत्निसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी थिइन् । उनी २०७४ फागुनमा पक्राउ परेका थिए ।
चाैधरीलाई आम माफी दिएपछि टिकापुरमा मारिएका एक प्रहरी अधिकारीकी पत्नीले भने सर्वाेच्च अदालतमा रिट दिएकी छन् ।