काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन जनाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा जारी आर्थिक वर्ष २०८०–८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई अगाडि बढाएको, कृषिलाई प्राथमिकता दिइ उत्पादनलाई बढाउने सम्भावना रहेको बताए ।
तर, प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बास्कोटाले सुन्दा लोकप्रिय भए पनि परिणाम नआउने बताए ।
उनले भने–‘सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको व्यक्तिले हात्तीको काम छामेको जस्तो, मनचिन्ते झोलीजस्तो, जे खोज्यो त्यही पाउने खासमा केही पनि नभेटिने, न मूर्त, अमूर्त नै अमूर्त भएको दस्ताबेज ल्याउनुभएको छ । अनि उल्टै अरूमाथि धारे हात लगाउनुपर्छ । नेतृत्वको जिम्मेवारी कसको रु सम्हालेर लैजाने जिम्मेवारी कसको रु अर्थतन्त्रमा देखिएका समस्याहरू, ब्याजदरमा देखिएका समस्याहरू, कृषिको उत्पादकत्व वृद्धिमा देखिएका समस्याहरू वितरण र व्यवस्थापनका क्षेत्रमा देखिएका समस्याहरू, शीत भण्डारमा देखिएका कुराहरूलाई संवोधन गर्न यहाँ कुनै कुरा छ र ?’