
काठमाडौं : नेपाली कांग्रेसकि केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आफुले केही नबिराएकाे भन्दै नडराउने बताएकी छन् । आज संसदमा बाेल्दै उनले आफूविरूद्द अनर्गल प्रचार गरिएकाे भन्दै आफू नडराउने बताईन् ।
त्यस्तै उनले एउटा नारीले आफ्नाे हैसियतमा राजनीति गरेकाे सह्य नभएकाे भन्दै असन्तुष्टि पनि व्यक्त गरिन् । ‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौँ भन्ने मेरो प्रश्न छ । यहाँ म नभएको दिनमा मलाई इङ्गित गरेर अनेक प्रश्नहरू उठेका छन् । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन रहेछ । अझै पनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नुपर्ने, उनीहरुले भनेको मात्रै बोल्नुपर्ने, अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहृय हुने परिस्थिति बनेको छ,’ उनले भनिन्, ‘यस्तो नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत छ । हामीले संविधानमार्फत् यो कुराको विरुद्धमा लेखेका छौँ । त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा राणाले समेत कराेडाै लिएकाे खबरहरू सार्वजनिक भएपछि उनले आज संसदमै यस्ताे बताएकी हुन् ।