काठमाडौं : नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उमेदवार बनाउने भएको छ । आज सानेपामा बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि सो क्षेत्रबाट निर्वाचित कांग्रेसका रामचन्दै पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र रिक्त छ । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका भट्टराई कुशल संगठक मानिनछन् । भट्टराईलाई सत्तागठबन्धनका अन्य दलको समेत समर्थन रहने भएकाले जित पक्का ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको