काठमाडौं : सरकारले ‘जनयुद्ध दिवस’ घोषणा गरेको भन्दै खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिएका हुन्।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलले ‘जनयुद्ध दिवस’ बारे रिट आएको र यसमा अध्ययन भइरहेको जानकारी दिए। ‘रिट आएको छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने।
सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो। मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते जनयुद्ध दिवसु मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
‘जनयुद्ध दिवस’ लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचना भएको थियो।