
काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई दिए का छन् । शुक्रबार पाैडेल निवास बाेहाेराटार पुगेरै काेइरालाले सफल कार्यकालको शुभकामना दिए ।
`तटस्थ रूपमा राष्ट्रकाे हितमा काम गर्ने र संविधानकाे रक्षा गर्ने `राष्ट्रपतिकाे मूल काम हाे । उहाँ त्यसमा खराे उत्रनुहुनेछ भन्ने मेराे विश्वास छ,´ पाैडेललाई बधाई दिएर फर्कने क्रममा उनले हुलाकपाेस्टसँग भने,` उहाँलाई सफल कार्यकालकाे शुभकामना दिएँ ।
कांग्रेस केन्द्रीय सदस्य थपलियाले राष्ट्रपति पाैडेललाई दुबाेकाे माला लगाएर बधाई दिनुभयाे । देशले उहाँजस्ताे त्यागी र देशका लागि याेगदान दिएकाे व्यक्तिलाई राष्ट्रपतिकाे रूपमा पाएकाे छ । याे सुखद् विषय हाे, ´ उनले भनिन ।
भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनाव लगायत बिषयमा पनि छलफल भएकाे थियो।
नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न काेइरालासहित कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, कांग्रेस युवा नेता हरिबाेल भण्डारी, बाग्मति प्रदेश सांसद उत्तम जाेशी पाैडेल निवास बोहोराटार पुगेका थिए ।
भेटपछि नेता हरिबाेल भण्डारीले विगतका राष्ट्रपतिले राजामहाराजा विर्साउने सवारीकाे सास्ती नागरिकले खेप्नुपरेकाे र त्यसले राष्ट्रपतिकाे गरिमा स्खलित गराएकाे भन्दै पाैडेलकाे कार्यकालमा नेपाली जनताले सहि अर्थकाे गणतन्त्रकाे अनुभूत गर्न पाउने विश्वास व्यक्त गरे ।