काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित १० जना तत्कालीन सचिवहरूलाई पनि विपक्षी बनाइएको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले मुद्दा रुजु भइरहेकाले दर्ता हुँन बाँकी रहेको जानकारी दिए ।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएको बताइएको छ । मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ ।
यस मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई विपक्षी बनाएको छ । बाेगटीकाे निधन भइसकेकाे छ । त्यस्तै १० जना तत्कालीन सचिवहरूलाई पनि विपक्षी बनाइएको छ ।

