काठमाडौँ : नेपाल औषधी आयातकर्ता संघले आयातित ओैषधिमा शुल्क नबढेकाे प्रष्ट पारेकाे छ । संघका अध्यक्ष पवन कुमार आचार्यले आज विज्ञप्ति जारी गर्दै केही दिन यता सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यमले आयातित औषधीको मूल्यका विषयमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् । आयातित औषधीको सन्दर्भमा समाचारमा आए जस्तो औषधी व्यवस्था विभागले जथाभावी रुपमा मूल्य बृद्धि नगरेको विज्ञप्तिमा दावी गरिएकाे छ।

संघका अध्यक्ष आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा करिब ३५० विदेशी औषधी उद्योगका औषधीहरु करिब १२५ आयातकर्ताहरुले मात्रै आयात र वितरण गर्दै आएका छन्। औषधी आयातको लागि विभागले तोकेको कागजात, डब्लूएचओ-जीएमपी प्रमाणीकरण, स्थलगत निरीक्षण र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र औषधी दर्ता हुने व्यवस्था रहेको छ।’

हेर्नुस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको