काठमाडौं : भिजिट भिसामा विदेश जाने र उतै लुक्ने विषय अहिले चर्चामा छ । यही क्रममा अहिले स्काउटको विषय चर्चामा छ । स्काउटको कार्यक्रममा गएका केही व्यक्ति कोरिया र डेनमार्क गएर लुकेको खबर नागरिक दैनिकले  सम्प्रेषण गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ ।

यही क्रममा केही जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर पैसा नतिरेको विषय पनि बाहिर आएको छ । स्काउटसँग नजिक रहेका पत्रकार राजीव खत्रीले स्काउटको कार्यक्रममा कोरिया गएर केही मेयर, उपमेयर र वडा अध्यक्षले पैसा नतिरेको आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनका अनुसार यसरी कोरिया गएको पैसा नतिर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य र हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी छन् । आचार्य कांग्रेसबाट निर्वाचित भएका हुन् भने बुढाथोकी माओवादीबाट निर्वाचित मेयर हुन् ।

एमालेबाट निर्वाचित गौरादह नगरपालिकाकी उपमेयर जलवर्षा राजवंसी र मेलुंग ४, दोलखाकाम अध्यक्ष सोमबहादुर बम्जनले पनि कोरिया भ्रमणको पैसा तिरेका छैनन् ।

पत्रकार खत्रीले लेखेका छन्-

डेनमार्कमा लुक्नेः
कानुन लामिछानेः सचिव अनेरास्ववियू कास्की
– कोरियामा लुक्ने
सचिन ढोकर, शिक्षक एवं स्थानीय एमाले नेता दोलखा
अनि स्काउटको कोरियाको त्यही कार्यक्रममा गएर अहिलेसम्म नेपाल स्काउटको पैसा नतिर्ने मेयरहरुः
– जलवर्षा राजवंसीः उपमेयर, गौरदह झापा (एमाले)
– रमेश बूढ़ाथोकी मेयर, हरिवन सर्लाही (माओवादी)
– मनोज कुमार आचार्य, मेयर, ईश्वरपुर, सर्लाही (कांग्रेस)
– सोमबहादुर बंजन, वडाध्यक्ष, मेलुंग-४, दोलखा (एमाले)
 यो दुईवटै कार्यक्रम हुँदा नेपाल स्काउटका राष्ट्रिय संयोजक हुन् लोकबहादुर भण्डारी । जसलाई केपी ओली सरकारले नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको