
काठमाडौं : राजनीतिक विश्लेषक मुमाराम खनालले मेडिकल कलेज सञ्चालक एवम् नेपाली कांग्रेसका सांसद सुनिल शर्माबारे टिप्पणी गरेका छन् । उनले आफ्नाे सामाजिक सञ्जालमा स्टाटस लेख्दै शर्मामाथि प्रश्न उठाएका छन् ।
पूर्वमाओवादी नेता समेत रहेका खनालले तत्कालिन सञ्चालकलाई माओवादी लगाएर कुटपिट गरेर नाेबेल मेेडिकल कलेज हात पारेकाे भनेका छन् । `नोवेल मेडिकल कलेजका मालिक सुनिल शर्मा कसरी काँग्रेस सांसद र समाजसेवी भए? अल्प-स्मरणका रोगी नेपालीहरूले बुझुन्- ०६५ सालमा खास नोवेल मेडिकल कलेजका कल्पनाकार र लगानीकर्ताहरूलाई सुनिलले माओवादी नेता रामबहादुर थापा र बर्षमान पुनलाई गुहारेर कामी डाँडामा लगेर कसरी कुटे र कलेज हात पारे?´ उनले लेखेका छन्,`उनका आजका नक्कली कुरा सुनेर मख्ख पर्ने जमात लोकतन्त्रको सबैभन्दा कान्छो सत्रु हो। र, काँग्रेसको त कालो सत्रु हो।´