ई. भुवन भट्ट । कुनै बेला पार्टीको प्रमुख संगठित शक्तिको स्रोत रहेको नेविसंघ प्रतिपक्षी शक्तिको पर्यायका रूपमा स्थापित थियो । अधिनायकवादविरूद्धमा आन्दोलन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अडान राख्ने र जनमत निर्माण गर्ने गतिविधिमा अग्रमोर्चामा रहने नेपाल विधार्थी संघ ११ओै महाधिवेशन पश्चात तदर्थवादवाट चलेकाे ७वर्ष पुगेछ ।
२०७३ साउन २२ गते आजकै दिन नेपाल विधार्थी संघकाे ११ ओै महाधिवेशन भृकुटिमण्डपमा उद्घाटन भएकाे सम्झना मेराे मानसपटलमा ताजै जस्ताे लाग्छ, तर ७ वर्ष पुगेछ । २०६८ माघ २१गते तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील काेइरालाले अध्यक्षमा नियुक्त गरेका रञ्जित कर्ण नेतृत्वकाे ने.वि.संघकाे तदर्थ समितिले ५वर्ष पछि विभिन्न अवराेह र कठिनाइका वावजुद ११अाै महाधिवेशन सम्पन्न गर्याे ।
२०७३ साउनमा भएकाे ११ ओै महाधिवेशनमा नेपाल इन्जिनियरिङ कलेजकाे तत्कालीन इकाई सभापतिकाे हैसियतले महाधिवेशन प्रतिनिधि भएर आफ्नाे मत मार्फत विधार्थीकाे नेतृत्व चुन्ने अवसर पाएकाे दिन देखि ने.वि.संघ एकजना व्यक्तिमा सिमित पारिएकाे तथ्य आज मेरै अगाडि छ।
कयाैँ क्षमतावान साथिहरु जाे मुलुककाे समग्र शिक्षा प्रणालिकाे रुपान्तरण सँगै समग्र नेपाली समाजकाे रुपान्तरणकाे सपना वाेकेर ने.वि.संघकाे कलम र मसाल अंकित झन्डालाई वाेकेर समाजवादकाे गन्तव्यमा पुग्न निरन्तर यात्रि वनिरहे तिनकाे जाेशजागर अाज पनि उस्तै देख्छु । तर हिजाे ने.वि.संघकै राजनीतिक पृष्ठभूमि र जगवाट पार्टि, मलुककाे नेतृत्वमा स्थापित नेताहरुनै अन्यायकाे विरुद्ध निर्भिक आवाज उठाउने ने.वि.संघलाई कठपुतलि वनाउन उद्धत छन्। लाग्छ कि काँग्रेस पार्टिले ने.वि.संघकाे ओझ नै विर्सेछ ।
पञ्चायतकालमा पार्टी प्रतिबन्धित हुँदा नेताहरू जेलमा वा प्रवासमा रहेका बेला जनताको स्वतन्त्रता र प्रजातान्त्रिक प्रणाली स्थापित गर्न बिगुल फुक्ने नेविसंघ आज पार्टीका नेताहरुको गुटगत र व्यक्तिगत स्वार्थको सिकार बन्न बाट अछुताे छैन ।
नेविसंघलाई गतिशील र सशक्त बनाउँदै समयानुकूल शैक्षिक विकास र रुपान्तरणमा केन्द्रित गराउने जिम्मेवारी हाम्रो काँधमा छ । अबका दिनमा नेविसंघ आउँदो पुस्ताका विद्यार्थीका समस्या र चुनौतीलाई सामना गर्दै लोकतन्त्रको आधार स्तम्भ बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । साथै पार्टीको नेविसंघमाथिको अनुचित हस्तक्षेप बन्द गर्न ढिलाे गरिनु हुदैन ।
स्वर्णिम ईतिहास बाेकेकाे नेपाल बिधार्थी संघलाई समयानुकूल शैक्षिक र सामाजिक रुपान्तरणमा केन्द्रित गर्नुपर्ने आजकाे आबश्यका वाट विमुख भएर सिँगाे पार्टि र पार्टिका नेतृत्वहरु ने.वि.संघलाई एकजना व्यक्तिमा सिमित राखेर गुटकाे अस्त्र वनाउन तल्लनि छन् ।
आजकाे परिस्थितिमा सामाजिक रुपन्तरणका लागि ने.बि.संघलाई केन्द्रित गराउन सकेनाै भने,संघकाे अस्तित्व धरापमा पर्ने त छदैछ, सँगै अग्रजहरुकाे याेगदान र ईतिहास माथिकाे कुठाराघात हुने देखिन्छ ।
७३ साल यता ७ वर्ष सम्म तदर्थवादवाट थिलाेथिलाे भएकाे ने.वि.संघलाई शसक्त वनाउन वैधानिक पुर्णता दिने,आवधिक महाधिवेशन सुनिश्चित गर्ने र ने.वि.संघलाई नेतृत्व विकासकाे थलाे वनाउदै पार्टिकाे व्याकवाेनका रुपमा स्थापित गर्ने जिम्मेवारी वाट काँग्रेस नेतृत्व र सिँगाे केन्द्रिय समिति सधै विमुख देखिन्छ । आफ्नाे प्रमुख भातृसंस्था काेमामा पुग्दा सम्म पनि पुनर्जिवनका लागि पार्टिमा कुनै नितिगत व्यवस्था गरिदैन् ।
समयकाे गति र समाजकाे वर्तमान परिस्थिति वु्झन सक्ने विधार्थी पुस्ताकाे मागलाई काँग्रेसले व्यवस्था गरिराखेकाे वहस अाम युवाविधार्थीले मात्रै हाेइन समाजले पत्याएका वाैद्धिक वर्गले गर्न थालेकाे छन् । पार्टिभित्र ने.वि.संलाई समयकाे वेग र गतिलाई पछ्याउने संगठन वनाउनका लागि नितिगत सुधारकाे उठान समेत गरिदैन् । पार्टिकाे केन्द्रीय समिति वैठक आराेप प्रत्यारोपकाे थलाेका रुपमा परिणत भएकाे देखिन्छ । विधार्थीका विद्राेहका स्वरहरु पनि चाकरि र चाप्लुसिमा परिणत हुदा ने.वि.संघकाे सयमसापेक्ष सुधार र रुपान्तरण नहुनुमा हामी विधार्थ नेताहरु पनि जिम्मेवारीकाे भारिवाट भाग्न मिल्ने अवस्थामा छैनाै ।
वर्तमानकाे परिस्थितिलाई क्रिटिकलि वुझ्न सक्ने र काँग्रेसमाथि आएका वर्तमानका चुनाैतिहरुलाई समना गर्न सक्ने रक्षाकवजका रुपमा विकास गर्नुपर्ने ने.वि.संघलाई वलियाे वनाउन अाज सम्म न त पार्टि नेतृत्वकाे चत खुलेकाे छ, न त पार्टि नेतृत्वमा रहेकाहरुकाे नै । केवल आफ्नाे गुनगाउन गाँउने भजन मण्डलि वनाउन मै मस्त देखिन्छन् ।
मुलुककै जेठाे र ठुलाे विधार्थी संगठनकाे शक्तिलाई पार्टिले वुझ्न नसक्नु र समयानुकूल परिचालन, वयवस्थापन गर्नु नसक्नु मातृ पार्टिकाे ने.वि.संघ प्रतिकाे गैरजिम्मेवारी हाे भन्दा ने.वि.संघका सदस्यहरु माथि न्याय हुने अनुभुती मैले गराखेकाे छु ।
इतिहासका कालखण्डमा नेपाली कांग्रेसका नीति र सिद्धान्तलाई अंगिकार गरी प्रजातन्त्र स्थापित गर्न २०३६, २०४६ र ०६२ — ०६३ का जनआन्दोलनमा अग्रणी भूमिका खेल्दै ,लोकतान्त्रिक गणतन्त्र नेपालको यात्रामा अगुवाइ गरेको नेविसंघ समाज र समयको गतिअनुसार चरित्र र वेग बदल्नुपर्ने अवस्थामा छ । आज नेपाल विद्यार्थी संघ शैक्षिक एजेण्डामा केन्द्रित हुन पाएको छैन । बरु, पार्टी र गुटको अस्त्र बन्न अभिशप्त छ । संगठनमा व्यक्तिगत लाभ, स्वार्थ र गुटगत स्वार्थ बढ्दै गएको छ । नीति, सिद्धान्त र विचार हराउँदै गएका छन् ।
ने.वि.संघमा क्रियाशिल विधार्थी नेताहरुका उमेर समुहका व्यक्तिहरु छाेटाे समयमा समस्या र वेथिति उजागर गरेकै भरमा संघिय सांसदमा जनतावाट अनुमाेदित भएर अाफ्नाे क्षमता देखाइरहदा वर्षाै देखि अन्याय, वेथितिका विरुद्ध संघर्ष गरेका ने.वि.संघक नेताहरु अाफ्नाे केन्द्रीय समितलाई वैधानिक पुर्णता दिन र विधिसम्मत महाधिवेशन गर्न पार्टिभित्र आन्तरिक लाेकतन्त्रलागि संघर्ष गरिरहनु परेकाे परिस्थितिकाे दास वन्नु पर्ने वाध्यता अझै पनि हाम्रा अगाडि छ । याे भन्दा ठुलाे विडम्बना र दुर्भाग्य के हुन्छ?
पार्टीको ठाडो हस्तक्षेपमा रूमलिएको हैन सामाजिक अन्याय र शैक्षिक मुद्दामा केन्द्रित हुन सक्ने सशक्त नेविसंघ आजको आवश्यकता हो । शसक्त ने.बि.संघ निर्माणमा जुट्ने वातावरणकाे निर्माण गर्न काँग्रेस पार्टिले अब रत्तिभर पनि ढिलाे गर्नु हुदैन् ।
नेविसंघलाई चरम गुटबन्दी र स्वार्थको भासमा फसाउन खोज्नु आउँदो पुस्ताको सुनौलो भविष्यमाथिको खेलवाड र समग्र सगठनप्रति नै अपमान गर्नु हो । त्यसैले आजकै दिनबाट गुटगत र ब्यक्तिगत स्वार्थ बाट माथि उठेर सामाजिक रुपान्तरणका लागि शसक्त ने.बि.संघ निर्माणमा जुट्नु पर्ने हाम्राे आबश्यकता खड्किएकाे छ।
नेविसंघलाई गतिशील र सशक्त बनाउँदै समयानुकूल शैक्षिक विकास र रुपान्तरणमा केन्द्रित गराउने जिम्मेवारी हाम्रो काँधमा छ । अबका दिनमा नेविसंघ आउँदो पुस्ताका विद्यार्थीका समस्या र चुनौतीलाई सामना गर्दै लोकतन्त्रको आधार स्तम्भ बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । साथै पार्टीको नेविसंघमाथिको अनुचित हस्तक्षेप बन्द गर्न ढिलाे गरिनु हुदैन ।
नेविसंघलाई चरम गुटबन्दी र स्वार्थको भासमा फसाउन खोज्नु आउँदो पुस्ताको सुनौलो भविष्यमाथिको खेलवाड र समग्र सगठनप्रति नै अपमान गर्नु हो । त्यसैले गुटगत र ब्यक्तिगत स्वार्थ बाट माथि उठेर सामाजिक रुपान्तरणका लागि शसक्त ने.बि.संघ निर्माणमा जुट्नु पर्ने आवबश्यक्ता खड्किएकाे छ ।
देशमा जताततै भ्रस्टाचार र कुशासन माैलाएकाे छ । सरकारले शैक्षिक माफियालाई प्रोत्साहन गरिराखेको छ । यस्तो अवस्थामा नेविसंघ जस्तो न्याय र संघर्षको पर्याय बनेको संगठनलाई शुसासन,भ्रष्टाचार मुक्त समाज र सामाजि न्याय स्थापित गराउन केन्द्रित गराउनुपर्दछ। अन्यथा ने.बि.संघकाे ओैचित्य माथि ठुलाे प्रश्न चिन्ह खडा हुनेछ र संघकाे सुनाैलाे भबिस्य अन्धकारमा परिबर्तन हुने देखिन्छ । अन्ततः काग्रेस पार्टिले समेत यसकाे क्षति वेहाेर्न पर्नेछ । वेलैमा काँग्रेस पार्टि नेतृत्व र नेताहरु सचेत वन्नु पर्ने आवश्यकता खड्किरहेकाे छ ,अन्यथा पार्टिकाे व्याकवाेन कमजाेर हुदा टेक्ने धरातल नभेटिन सक्छ ।