
अस्मिता थापा /
नारि चिटीक्क परेर पिन्जडामा थुनिएको सुगाँ झै बनेर, गरगहना र महङ्गा लुगा लगाएर,महलको सान बढाउने सोकेशको सामान झै भएर मात्र के गर्नु, जब त्यो महल भित्र सुख शान्ति छिनिन्छ र आफ्नो रहर र चाहानालाई कैद गरिन्छ भने ? त्यसैले सोकेशको सामान जस्तै बनि कैदीकर जिवन नबिताउ ।
एक आत्मनिर्भर नारि बन्ने प्रयत्न गरौ।नारि आफैमा पक्कैपनि कमजोर होइनन्,अवसर पाए नारिका हातहरु हरेक ठाउँमा तयार छन । डाडु र पनिउ मात्र समाउन सक्ने होईन,कलम र बन्दुक चलाउन सक्छन् नारि।यस नारि दिवसले लगाओस मलमपट्टि ति नारिका घाउहरूमा जुन नारिहरु विविध कारणहरु जस्तै दाइजो बतात्कार जस्ता कारण जिउदै जलि जीवन र मरणको दोसाध मा सैंयामा छटपटिरहेका छन्।शान्ति र न्याय दिलाओस यस दिवसले ति मृत आत्माहरुलाई जुन ११ महिने बच्चा देखि बृद्धा सम्मका कयौं नारिहरु बलात्कारको असह्य पिडा खप्न नसकि मृत्युवरण गरिरहेका छन् । नारि आजमात्र जुर्मुराउने नगरौ, नारि दिवस त एउटा बाहना मात्र हो।
अधिकाशं घटनाहरु मध्य धेरैजसो नारिहरु घरेलु हिंसा देखि पिडित छन् । जस्लाई नियन्त्रण गर्न नेपालको कानुन मा (घरेलु हिसां नियन्त्रण ऐन २०६६ दफा १७ मा विभिन्न कैद सजाय र दण्ड जरिवानाको व्यवस्था ) गरेको छ त्यसैले कसैको डर धम्कि र इज्जत जोगाउने सवालमा, मोटो रकम पाउने आश र लोभ लालचको लहइलैमा लागेर आफ्ना पिल्सिएकी पिडाहरु नदबाउ ।
जबसम्म हरेक क्षेत्रमा यसै गरि नारि र पुरुषलाई कानुनका आँखामा मात्र बराबर नहेरि ससम्मान समाजले समानताको तुलामा महिला पुरुषलाई समान रुपमा नहेर्दासम्म समाज परिवर्तन हुन असम्भव छ । त्यसैले एक दिवशिय भेलामा उत्सव मनाउनु भन्दा व्यक्ति ,परिवार , समाज हुँदै राष्ट्र र अन्तराष्टिय स्तरसम्म परिवर्तनको विज रोपण गरौ र शुरु गरौ परिवर्तन आफैबाट आजैबाट ।
अधिकाशं घटनाहरु मध्य धेरैजसो नारिहरु घरेलु हिंसा देखि पिडित छन् । जस्लाई नियन्त्रण गर्न नेपालको कानुन मा (घरेलु हिसां नियन्त्रण ऐन २०६६ दफा १७ मा विभिन्न कैद सजाय र दण्ड जरिवानाको व्यवस्था ) गरेको छ त्यसैले कसैको डर धम्कि र इज्जत जोगाउने सवालमा, मोटो रकम पाउने आश र लोभ लालचको लहइलैमा लागेर आफ्ना पिल्सिएकी पिडाहरु नदबाउ । स्वतन्त्र रुपमा लड्दै आफ्ना हक हितका कुराहरु पाउन न्यालयको बाटो लाग्न कदापि नहिच्किचाउ । नारी दिवसको सम्पुर्ण नारिहरुलाई शुभकामना